एमाओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७० माघ १४ गते ३:२१ मा प्रकाशित

Perisdadaकाठमाण्डु, १४ माघ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।

मंगलबारको बैठकमा  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको आचरण सुधार सम्बन्धी प्रस्तावसमेत पेश गर्ने कार्यक्रम कार्यक्रम रहेको बताइएको छ ।

एमाओवादी केन्द्रीय समिति बैठक माघ २ गतेदेखि जारी छ । चुनावमा अनपेक्षीत परिणाम आएपछि समिक्षा र भावी रणनीति तय गर्न एमाओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us