चितवनका नीजि विद्यालय खुले

काठमाण्डु टुडे २०७० माघ १२ गते २:१८ मा प्रकाशित

चितवन, १२ माघ–शिक्षक आन्दोलनका कारण बन्द रहेका चितवनका नीजि विद्यलायहरु आइतबारबाट खुलेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनमा शनिबार साँझ अवेरसम्म भएको छलफलमा आन्दोलनरत शिक्षकहरुका माग १५ दिनभित्र पुरा गराउने सहमति भएपछि विद्यालयहरुमा पढाइ शुरु भएको हो ।

विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु नेपाल)ले विद्यालय बन्द गर्दा विद्यार्थीहरु पढ्नबाट बन्चित भएका थिए ।

नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन र प्याब्सनबीच पूर्वसहमती अनुसार मंसिर महिनासम्मको बढेको तलवभत्ता माघ २४ गतेभित्र उपलव्ध गराउने र पुसदेखि चैत महिनासम्मको वैशाखमा उपलव्ध गराउने सहमति भएको नेपाल सस्थागत विद्यालय शिक्षक यूनियन चितवनका सहसचिव सागर अधिकारीले जानकारी दिए ।

विद्यालय बन्द हुदा चितवनका १५० भन्दा वढि नीजि विद्यालयका झण्डै ७० हजार विद्यार्थीहरुको पठनपाठन प्रभावित हुदै आएको थियो । एसएलसी नजिकिदै गर्दा विद्यालय बन्द गर्दा विद्यार्थी र अभिभावकहरुको आक्रोश बढ्दै गएपछि सरोकारवालाहरु समझदारीमा पुग्न बाध्य बनेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us