युनुस अन्सारी पुन: प्रहरीको फन्दामा

काठमाण्डु टुडे २०७० माघ ११ गते ११:२२ मा प्रकाशित

yunusकाठमाण्डु, ११ माघ – केही महिना अघिमात्रै जेलमुक्त भएका युनुस अन्सारी पुनः ठूलो परिमाणमा जाली नोटसहित पक्राउ परेका छन् ।

ललितपुरको नखिपोटबाट ३५ लाख रुपैयाँ भारतीय नक्कली नाेटसिहत प्रहरीको विशेष ब्यूराेले उनलाई पक्राउ गरेको हो ।

अन्सारीसँगै अन्य दुईजना पनि पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

यसअघि पनि जाली नोटको कारोवारमा पक्राउ परेका अन्सारी करिव ५ महिना अघि जेलमुक्त भएका थिए ।

पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चाल रहेका थिए ।
उनी जेल परेपश्चान टेलिभिजन बन्द भएको थियो । अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहारसमेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us