सभासदको सपथ ग्रहण (फोटो फिचरसहित)

काठमाण्डु टुडे २०७० माघ ७ गते १३:४० मा प्रकाशित

sapath 1काठमाण्डु–दोस्रो संविधानसभाका सभासदहरुले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । सभासद निर्वाचित भएको दुई महिनापछि संविधानसभाका जेष्ठ सदस्य एवम् राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले समानुपातिक र प्रतक्ष्यतर्फका सभासदलाई सपथ ग्रहण गराएका हुन् ।

सभासदहरुले विभिन्न १० भाषामा सपथ लिएका छन् । नेपाली, हिन्दी, मैथली, भोजपुरी, थारु, लिम्बु लगायत भाषामा सपथ लिन सभासदहरुले सचिवालयमा निवेदन दिएका थिए। सपथपछि उनीहरूलार्इ संविधानसभा सदस्यको लोगो प्रदान गरिएको छ।

८६ बर्षीय थापाले सोमबार राष्ट्रपति रामवरण यादवबाट सपथ लिएका थिए । संविधानसभाबाट संविधानसभा अध्यक्ष चयन नहुँदासम्म बैठकको अध्यक्षता उनैले गर्नेछन् । थापा यसअघि २०१४ सालमा पनि तत्कालीन सल्लाहकार समितिको अध्यक्ष बनेका थिए ।

संविधानसभाको पहिलो बैठक बुधबार बस्ने छ । मन्त्रिपरिषदबाट २६ सभासद मनोनित हुन बाँकी नै छ । नयाँ सरकारले सभासद मनोनित गरेपछि मात्रै ६०१ सदस्यीय संविधानसभाले पूर्णता पाउने छ ।

बुधबारको बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । संविधानसभा सदस्यहरुलाई मंगलबार नै नागरिकता र सभासदको प्रमाणपत्र सहित सचिवालयमा सम्पर्क राख्न भनिएको छ ।

एक वर्ष भित्रै संविधान बनाउने शीर्ष नेताहरुको प्रतिवद्धता

प्रमुख दलका नेताहरुले एक वर्ष भित्र संविधान बनाई सक्ने प्रतिवद्धता जनाएका छन् । सभासदको सपथ ग्रहण गरेपछि संविधानसभा भवन नयाँबानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिदै नेताहरुले चुनावका वेला जनतालाई दिएको प्रतिबद्धता पूरा गर्ने बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संभिधानसभाको मुख्य कार्यभार संविधान बनाउने भएकाले संविधान बनाई छाड्ने बताए । पहिलाको भन्दा अहिलेको संविधानसभाको संरचना फरक भएकाले यसले संविधान बनाई छाड्ने उनको भनाइ छ ।

यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो प्राथमिकता संविधान निर्माण नै भएको बताए । अघिल्लो संविधानसभामा आधाभन्दा बढी विषयमा सहमति जुटिसकेकाले विवादित विषयमा सहमति खोजिने र सहमति नजुटे बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने उनको भनाई छ ।

एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले पहिलो संबिधानसभाबाट संविधान नवनेको कुराबाट पाठ सिक्दै यो पटक एक बर्षभित्रै संविधान लेख्ने दावी गरे ।

सभासदहरुको सपथ ग्रहणका क्रममा यस्तो देखियो :

तस्विर : दिनेस श्रेष्ठ, काठमाण्डु टुडे

DSC_2223DSC_2214DSC_2219DSC_2275DSC_2288DSC_2317DSC_2366DSC_2383DSC_2426DSC_2440DSC_2446DSC_2468DSC_2476DSC_2481DSC_2487DSC_2493DSC_2494DSC_2505DSC_2514DSC_2516DSC_2521DSC_2529DSC_2536DSC_2538

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us