सुध्रिएला चीन–जापान सम्बन्ध ?

काठमाण्डु टुडे २०७० माघ ५ गते ११:४३ मा प्रकाशित

China-and-Japanटोकियो, – जापानी प्रधानमन्त्री सिन्जो आबेले चीनसँग वार्ताको प्रस्ताव गरेका छन् । चीनसँगको सम्बन्ध सुधारका लागि आबेले आइतबार उक्त प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री आबेले हालैका दिनमा चीनसँग बढ्दो मात्रामा देखिएको द्विपक्षीय विवादकै क्रममा यो पछिल्लो गरेका विश्लेषण गरिएको छ ।

आबेले आइतबार छिमेकी चीन र दक्षिण कोरियासँग पनि वार्ताका लागि आह्वान गरेका सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । यी देशकाबीचमा विगतका केही वर्षहरुदेखि सीमानालगायतका विषयमा विवादहरु कायमै रहेका छन् । ती सबै विवादको समाधानका लागि आबेले यो प्रस्ताव गरेका हुन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेसँगको एक अन्तरवार्ताका क्रममा उनले विवादहरु निकै नै अघि बढिसकेका जस्ता देखिएपनिसबै खालका यस्ता विवाद वार्ताका माध्यमबाटै समाधान गर्न सकिने दावी गरे ।

अन्तरवार्तामा उनले त्रिपक्षीय रुपमा नै बस्नुपर्ने र खुलेरै कुराकानी गर्नुपर्नेमा जोड दिए । सबै समस्याको हल एकैपटक ननिस्किएपनि वार्ता गरिरहनुपर्ने आबेको भनाइ थियो । जापानी विदेश मन्त्रीले पनि हालै यस्तै एक अन्तरवार्तका क्रममा यस्तो भनाइ राखेका थए । जापानमा प्रधानमन्त्री अबे, चीनमा राष्ट्रपति सि जिनपिङ र दक्षिण कोरियामा पार्क गेउन हाइ गतवर्ष ती देशका सत्तामा आएका हुन् ।

उनीहरु सत्तामा आएलगत्तैजसो यी तिनै देशमा आपसी रुपमा राष्ट्रियता र सीमासम्बन्धी तथा पछिल्लो समयमा आएर दोस्रो विश्वयुद्धसम्बन्धी विवादहरु उत्पन्न भएका थिए । जसका कारण उहाँहरुका बीचमा वार्ता भने हुन सकिरहेको छैन ।

सोही कारण पनि प्रधानमन्त्री आबेले दुइवटै छिमकी देशसँग आपसी वार्ताको प्रस्ताव गरेका बताइन्छ । तर यसमा विषयमा छिमेकी देशहरुबाट भने कुनैपनि प्रतिक्रिया आएको छैन ।

चीन र जापानका बीचमा समुद्री टापूका रुपमा रहेको एक भूभागमा सीमासम्बन्धी विवाद कायमै रहेको छ । विगत लामो समयदेखि थाँती रहेको सो विवाद सन् २०१२ भने निकै चर्काेगरी उठेको थियो । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us