मन्त्रीपत्नीको रहस्यमय मृत्यु

काठमाण्डु टुडे २०७० माघ ४ गते ३:१८ मा प्रकाशित

sunanda_shashiकाठमाण्डु, ४ माघ – भारतका केन्द्रीय मानव संशाधन सहायक मन्त्री शशि थरुरकी पत्नी सुनन्दा पुष्कर मृत अवस्थामा फेला परेकी छिन् । नयाँ दिल्लीस्थित एक पाँचतारे होटलमा शुक्रबार राति मृत अवस्थामा उनको शव भेटिएको हो ।

उनले झुण्डिएर आत्महत्या गरेको भनिएपनि कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ ।

मन्त्री थरुरका स्वकिय सचिव अविनभ कुमारका अनुसार घरमा रंगरोगन कार्य भएकाले विहीबारदेखि नै मन्त्री दम्पती सो होटलमा बसेका थिए ।

मन्त्री थरुरको पाकिस्तानी पत्रकार मेहर तरारसँग सम्बन्ध रहेको खुलासा भएको दुई दिन नबित्दै उनी मृत फेला परेकी हुन् । उनले पति थरुरको ट्वीटर आफूले ह्याक गरेर ती पाकिस्तानी महिलासँग म्यासेजमा कुराकानी गरेको समेत खुलासा गरेकी थिइन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us