ईजरायली पूर्व प्रधानमन्त्री शेरोन रहेनन्

काठमाण्डु टुडे २०७० पुष २८ गते १:५० मा प्रकाशित

arielsharonकाठमाण्डु, २८ पुस–ईजरायलका पूर्व प्रधानमन्त्री एरिएल शेरोनको ८५ वर्षको उमेरमा निधन भएको छ । शेरोन २००६ मा हृदयघात भएपछि विगत ८ वर्षदेखि अचेत अवस्थामा थिए । हृदयघात हुँदा शेरोन राजनीतिक जीवनको उच्चतम विन्दुमा थिए । पछिल्लो समय उनको मिर्गौलालेसमेत काम गर्न छोडेपछि अवस्था निकै गम्भीर भएको थियो ।

शेरोन ईरायलका निकै चर्चित प्रधानमन्त्रीहरुमा गनिन्छन् । उनको राजनीतिक कार्यकाल निकै विवादित रहेको थियो । सन् १९८० को दशकमा उनी ईजरायलको रक्षामन्त्री भएका थिए । त्यसबेला उनको नेतृत्वमा भएको लेवनान युद्धमा लाखौंको ज्यान गएपछि उनलाई युद्ध अपराध गरेको आरोप समेत लागेको थियो । लेवनानको साबरा र शातिला शरणार्थी शिविरमा हजारौं प्यालेस्टाईनीहरुमा हत्याको आरोप पनि उनी माथि लागेको थियो । प्यालेस्टाईनीहरुलाई ईरायली भुमिबाट हटाउन पश्चिम तटिय क्षेत्रका यहुदी बस्ती विस्तार गर्नमा पनि उनकै भुमिका थियो । ईजरायल प्यालेस्टाईन सम्बन्धमा उनी निकै कट्टरपन्थी नेता मानिन्थे । सन् १९४८ मा ईराजयलको स्वतन्त्रता युद्धमा सहभागि भएका शेरोन सन् २००६ सम्म राजनीतिमा रहँदा ईरायली राजनीतिको सबै महत्वपूर्ण घटनाहरुमा पत्यक्ष सहभागि थिए ।

ईरायलमा दिवंगत नेताको योगदानलाई ईजरायलको स्वतन्त्रकालागि महत्वपूर्ण योगदान भन्दै उच्च सम्मानका साथ शेरोनको सम्झना गरिँदै छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व प्रधानमन्त्री शेरोन सँधै नै ईरायली जनताको मनमा बसिरहने ब्यक्तित्व भएको बताएका छन् । राष्ट्रपति शिमोन पेरेजले शेरोनलाई ईजरायलको सबैभन्दा महान नेता भएको बताएका छन् ।

उता पेलेस्टाईनमा भने सिमोनको निधनप्रति खुसी ब्यक्त गरिएको छ । गाजा पट्टमा शेरोनको निधनप्रति खुसी मनाउँदै मिठाई बाँडिएको थियो । हमासले प्यालेस्टायनीहरुको रगतले हात रंगेको एक अपराधीको अन्त्य भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us