परिवारका सदस्यको रुपमा घरेलु उपकरण

काठमाण्डु टुडे २०७० पुष २७ गते ८:१४ मा प्रकाशित

खाना पकाउनेदेखि लुगा धुनेसम्मका कामका लागि सहयोगी हुँदा घरेलु उपकरणहरू परिवारको सदस्यको रूपमा देखिन थालेका छन् ।

घरमा सञ्चारसञ्जालमार्फत सञ्चालन गर्न सकिने गरी बत्ती र कोठाको ताप नियन्त्रण यन्त्रमा कम्प्यटर क्षमता स्थापना गर्ने र त्यसलाई इन्टरनेटमा आवद्ध गराउने प्रवृत्ति हाल उपभोक्ता विद्युतीय सामग्री उत्पादन गर्ने संस्थाहरूमा देखिएको छ ।

घरेलु उपकरण उत्पादन गर्ने दक्षिण कोरियाली संस्था एलजी तथा सामसुङले आफ्ना उपकरणमा त्यस्ता प्रणाली स्थापना गरिदिएका छन् जसले उपभोक्तालाई यी घरेलु उपकरणसँग सञ्चार गर्न सहयोग गर्छ ।

यस्तै उपकरणको एक प्रदर्शनस्थलमा एलजीका राष्ट्रिय उतपादन तालिमदाता रान्डी ओभर्टनले उपभोक्तालाई आफ्ना मित्र तथा परिवारका सदस्यहरूलाई दिनमा अनेकौँपटक सञ्चार सन्देश पठाए जस्तै आफ्नो घरको ‘एयर कन्डिसन’ यन्त्र तथा कोठा सफाइ गर्ने यन्त्रलाई पनि सन्देश पठाउन सकिने जानकारी दिए ।

उनले आफूले रेफ्रिजेरेटरलाई त्यसभित्र के के छ भन्ने कुरा सोध्नसक्ने र आफ्नो पाउरोटी सेकिएपछि आफूलाई जानकारी दिन भान्साका उपकरणलाई भन्नसक्ने बताए ।

एलजीले आफ्नो घरेलु उपकरणसँग प्राकृतिक भाषामा उपभोक्ताले आफ्नो कुरा भन्न र सोधिएको कुराको जवाफ त्यसबाट पाउन कुराकानी गर्ने ‘होमचाट’ प्रणाली सार्वजनिक गरेको छ ।

ओभर्टनले यी सामग्रीसँग अन्तक्रिया गर्ने र उनीहरूलाई बढी आनन्ददायक बनाउने कुरा नै हाल प्रविधिको विषय भएको बताए ।

एलजीले नेटवर्कमा आवद्ध हुनसक्ने लुगाधुने, खाना पकाउने, खाना चिसो राख्ने तथा कोठा सफाइ गर्ने घरेलु उपकरण तयार गरिरहेको छ ।
यस संस्थाले बनाएको रेफ्रिजेरेटरले खाना एक दिनभन्दा बढी आफूसँग रहेको वा बिग्रन थालेको विषयमा आफ्ना मालिकालाई जानकारी दिन्छ र उसले आफूमा रहेको बियर बोतलमा बियरको कति भाग बाँकी रहेको भन्ने प्रश्नको पनि जवाफ दिन्छ ।

एलजीका प्रमुख प्रविधि अधिकृत स्कट एनले ‘होमचाट’ ले आफूलाई घरेलु उपकरणसँग कुराकानी गर्ने अनुभव दिने बताए ।

रेफ्रिजेरेटरमा खाना पकाउने विधिको एउटा पुस्कालय नै छ र त्यसले आफूभित्र रहेको खानेकुरालाई कसरी तयार गर्ने भन्ने विषयमा पनि जानकारी दिन्छ ।
खाने कुराका विषयमा सही जानकारी लिन राखिने, थपिने र झिकिने खानेकुराको तथ्याङ्क भने रेफ्रिजेरेटरमा राख्नुपर्छ ।

सामसुङ इलेक्ट्रोनिक्सले ‘स्मार्ट होम’ प्रविधि बजारमा ल्याउनेभएको छ र त्यसले घरमा रहेको टेलिभिजन, घरेलु उपकरण तथा स्मार्टफोनलाई सहयोग गर्छ ।
सामसुङका यस्ता उपकरणहरू यस यस वर्षको मध्यतिर बजारमा आइपुग्नेछन् । यस्ता सामग्रीका भित्र लगाइएको क्यामराका कारण उनीहरूको वर्तमान अवस्थाको तस्विर समेत उपभोक्ताले पाउन सक्नेछ ।

सामसुङले आफ्ना अन्य उत्पादनमा पनि यस प्रकारको प्रविधि आवद्ध गरिने जानकारी दिएको छ ।

एलजीका ओभर्टनले यस्ता उपकरणका लागि उपयोग हुने विश्वव्यापी स्तरीय सञ्चार प्रणाली तयार हुन भने केही थप समय लाग्ने तर यस्तो काम भने हुने जानकारी दिए । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us