डेढ किलो सुनसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०७० पुष २६ गते ५:५८ मा प्रकाशित

goldवीरगन्ज, २६ पुस–पर्साको वीरगन्जमा डेढ किलो सुनसहित शुक्रबार विहान एक युवक पक्राउ परेका छन् ।

प्रहरीले जगरनाथपुर–३ वगहीका २२ बर्षीय सन्जिव सर्राफलाई वीरगञ्ज बसपार्कबाट सुन सहित पक्राउ गरेको हो ।

विहान ६ बजे बसपार्कमा हिँडिरहेको अवस्थामा उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले जानकारी दिए । सर्राफलाई आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

चीनबाट लुकीछिपी नेपाल भित्राएर भारततर्फ सुन तस्करी हुने गर्दछ । भारतमा महंगो मूल्यमा बिक्री हुने भएकाले सुनको तस्करहरु सकृय हुने गरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us