गैंडाको आक्रमणबाट मृत्यु

काठमाण्डु टुडे २०७० पुष २६ गते ४:१५ मा प्रकाशित

रत्ननगर, २६ पुस–चितवनको मंगलपुरमा गैंडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । मंगलपुर–८ निवासी ४५ वर्षीय बुद्धिमान थापाको गैंडाले हानेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलमा घाँस काट्न गएका बेला बिहीबार अपराह्न थापालाई गैँडाले आक्रमण गरेको थियो । गम्भीर अवस्थामा फेला परेका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलपुरमा रहेको सामुदायिक वनमा गैंडा र बाघको बासस्थान बढ्दै गएको छ । जसका कारण मानिसहरु पटक पटक बन्यजन्तुको आक्रमणको शिकार बन्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us