घर जल्दा ४० लाख क्षति

काठमाण्डु टुडे २०७० पुष २६ गते ३:४७ मा प्रकाशित

धरान, २६ पुस–सुनसरीको इटहरीस्थित एक घरमा शुक्रबार विहान आगलागी हुदा चालीस लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । इटहरी नगरपालिका २ को झुल्केचोकस्थित बीरबहादुर राईको दुईतले घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

आगलागीले सँगै जोडिएका अरु दुईवटा घरमा पनि क्षति पुगेको छ । नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us