प्रेम जोडीले गरे आत्महत्या

काठमाण्डु टुडे २०७० पुष २५ गते १३:२६ मा प्रकाशित

स्याङ्जा २५, पुष  स्याङ्जाको पुतलीबजार नगरपालिकाका वडा नं ८ सतौँटोड्के बस्ने एक प्रेमी जोडीले छुट्टा छुट्टै आत्माहत्या गरेका छन् ।

सोहि ठाँउका १८ वर्षीय नवराज ढकाल र सोहि ठाँउकै १७ वर्षीया सृष्टि पौडेलले छुट्टाछुटै स्थानमा आत्महत्या गरेका हुन् । १८ नवराजले २३ गते राती र २४ गते दिउँसो सृष्टिले घरको कोठाभित्र झुन्डिएर आन्महत्या गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

उनीहरुको केहि समय पहिलादेखि नै प्रेम सम्बन्ध रहेको कारण अहिलेसँगै आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

‘बाबा, ममी मैले तपाईंहरुलाई पीडा दिन बाहेक केहि दिन सकिन, उसले मलाई बारम्बार तिमी बिना म बाँच्न सक्दिन भन्थ्यो उसले आँफै आत्महत्या गरेपछि मको विना बाँच्ने मेरो बाँच्ने आधार नै नभएर म पनि यस्तो अवस्था निम्त्याउन बाध्य भएँ सरी बाबा ममी मैले तपाईंलाई ठूलो पीडा दिँए ।’ लेखेर सृष्टिले आत्महत्या गरेको स्याङ्जाका प्रहरी निरीक्षक हरि बरुवालले बताए ।

सृष्टिको शवसँगै उक्त कागज पनि भेटिएको थियो । उनीहरु केहि समय अगाडिदेखि नै प्रेम सम्बन्ध रहेको बताउँदै प्रहरीले नवराजले आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसकेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us