प्रधानमाथि नियोजित आक्रमण होइन : प्रहरी

काठमाण्डु टुडे २०७० पुष २५ गते ११:३० मा प्रकाशित

Aparadhiकाठमाण्डु, २५ पुस – नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथिको आक्रमण नियोजित नभएको प्रहरीले दाबी गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाले पत्रकार सम्मेलन गरेर प्रधानमाथिको आक्रमण नियोजित नभएको बताएको हो ।

पुस २३ गते काठमाण्डुको भीमसेनगोलामा प्रधान चढेको गाडीमा युवाहरुको एक समूहले अन्धाधुन्ध आक्रमण गरेको थियो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको र उनीहरुले दिएको प्रारम्भिक बयानबाट आक्रमण नियोजित नभएको निष्कर्षमा पुगेको प्रहरीले जनाएको छ ।

युवाहरुबीच झगडा हुँदा एकार्कालाई लखेट्ने क्रममा प्रधानको गाडीमाथि प्रहार हुन पुगेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ ।

प्रतीक प्रधानको भाइले सञ्चालन स्पा सेन्टरमा लुकेका ब्यक्तिको खोजीका लागि खुकरी र लाठीसहित स्पा सेन्टरमा प्रवेश गरेका युवाले सोही बाटो हुँदै जाँदै गरेका प्रधानको गाडीमा प्रहार गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरिएको थियो ।

घटनामा संलग्न चार जना भने अझै फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us