राष्ट्रपति परिवर्तन गर्न माग गर्दै रिट

काठमाण्डु टुडे २०७० पुष २५ गते १०:०४ मा प्रकाशित

supreme-court-nepalकाठमाण्डु, २५ पुस – राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  नयाँ म्याण्डेट अनुसार राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले विहीबार रिट दायर गरेका हुन् ।

नयाँ राष्ट्रपति चयन गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विभाजित रहेका बेला सर्वाेच्चमा रिट परेको हो ।

संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संविधान जारी नभएसम्म राष्ट्रपति, उपराष्ट्रपति चयन गर्न नहुने पक्षमा छ भने, नेकपा एमालेले चयन गर्नुपर्ने बताउँदै आएको छ ।

तेस्रो ठूलो दल एकीकृत माओवादीले भने यस विषयमा पार्टीकोतर्फबाट औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us