लुटेरा पुर्पक्षका लागि जेल चलान

काठमाण्डु टुडे २०७० पुष २५ गते ७:०३ मा प्रकाशित

Hatkadiमहोत्तरी, २५ पुस । गोली हानी २० लाख लुट्ने एक अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुनेमा सर्लाही जिल्लाको धनकौल गाविस–२ बस्ने ३२ वर्षीय राकेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त भण्डारीले एक वर्ष पहिले २०६९ पुस २५ गते आफ्ना चारजना साथीसँग मिलेर महोत्तरीको सरपल्लो गाविस–६ बस्ने राजदेव चौधरीलाई गोली हानी २० लाख ७२ हजार लुटेका थिए ।

घटनापश्चात् फरार रहेका भण्डारीलाई प्रहरीले गत सोमाबार पक्राउ गरी विहीबार जेल चलान गरेको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए ।

सो घटनामा संलग्न महोत्तरी धमौरा–४ बस्ने २० वर्षीय नवीन झा, मेघनाथ गोरहन्ना–१ बस्ने २८ वर्षीय उपेन्द्र ठाकुर र वडा नं ९ बस्ने ३३ वर्षीय किशोरकुमार सिंहलाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि जलेश्वर जेलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us