
दैलेख, २५ पुस – नौमूले बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको भे १ त ४३८२ नम्बरको ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । सोही ट्रयाक्टरका सहचालक द्धारी गाविस–४ जैसीडाँडाका १८ वर्षिय बलबहादुर रानाको मृत्यु भएको हो ।
बिहान १० बजे सदरमुकाम आउँदै गर्दा विनीखोलानजिक ट्रयाक्टरमा चढेका बलबहादुर ट्र्याक्टरबाट अचानक खसेका थिए । खसेलगत्तै ट्रयाक्टरको मुनि परेका उनको पाङ्ग्रामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
ट्रयाक्टर चालक खड्कबहादुर खत्री फरार रहेको बताइएको छ ।