दसगजा नजिकै महिलाको हत्या

काठमाण्डु टुडे २०७० पुष २५ गते ५:२७ मा प्रकाशित

गोलबजार, २५ पुस–सिरहाको हरकट्टी–८ स्थित नेपाल–भारतको दसजगा क्षेत्रनजिकै नेपाली सीमाक्षेत्रभित्र एक महिलाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

उनका अनुसार मधेसी मूलकी अन्दाजी ३० वर्षीया ती महिलाको घाँटी र मुखमा नीलडाम देखिएकाले घाँटी थिचेर हत्या गरेको अनुमान गरिएको छ ।

हुलाकी राजमार्गभन्दा २०० मिटर दक्षिण र नेपाल–भारतको दसगजा क्षेत्रभन्दा ३०० मिटर उत्तर धान काटिसकेको बाँझो खेतमा विहीबार विहान महिलाको शव फेला परेको हो । सो क्षेत्रमा मानिसको आवतजावत कम हुने प्रहरीको भनाइ छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महतोले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us