अब हावाबाट चल्छ बाइक, पेट्रोल आउट

काठमाण्डु टुडे २०७० पुष २५ गते ४:३७ मा प्रकाशित

air-bikeपेट्रोलको मूल्य बढ्दै गएकोबेला मोटरसाइकल कसरी चलाउने भन्ने चिन्तामा हुनुहुन्छ ? अब त्यो चिन्ता लिनुपर्दैन । किनकी हावाबाट चल्ने मोटरसाइकल बनिसकेको छ ।

हावाबाट चलाउन सकिने मोटरसाइकल भारतको लखनऊका इन्जीनियरले बनाएका छन् । यसलाई सन् २०१४ को फेब्रुअरी महिनामा सार्बजनिक गरिने छ ।

लखनऊमा स्कूल अफ म्यानेजमेन्ट साइन्सेसका निर्देशक डा. भरत राज सिंह र कानपुरको हरकोर्ट बटलर टेक्नोलोजिकल इन्स्टीच्यूटका डा. ओमकार सिंहले हावाबाट चल्ने मोटरसाइकल बनाएका हुन् ।

यसलाई ‘एयर–ओ–बाइक’ नाम दिइएको छ । यसको खास विशेषता के हो भने केबल पाँच रुपैयाँको हावा भरेर ४५ किलोमिटरको दुरी पूरा गर्न सकिन्छ । त्यो पनि ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा ।

आफ्नो आविश्कारबारे डा. सिंहका अनुसार यस्तो एयर बाइकको इन्जीन मात्र चार इन्चको छ । जसलाई पाँच बर्षको अथक प्रयासपछि बनाइएको छ । प्रयोगशालामा गरिएको परीक्षणबाट भारी बोकेको अवस्थामा यसको इन्जीन २ हजारदेखि तीन हजार आरपीएममा चल्न सक्छ । भारी नबोकेको अवस्थामा यो बाइक १० हजार आरपीएममा चल्छ । यसबाट प्रदुषण पनि हुदैन ।

एयर–ओ–बाइकमा सीमलेस अर्थात् जडान विनाको इन्जीन लगाइएको छ । कतैपनि ‘ज्वान्ट’ नभएकोले दुर्घटना भैहालेमा पनि ईन्जीनमा खासै क्षति पुग्दैन । एयर–ओ–बाइकको टेक्नोलोजीबाट प्रभावित भएर क्यानडा, बुल्गेरिया, जर्मनी लगायत देशबाट माग आएको छ ।

यसको नराम्रो पक्ष भनेको दुईजना बस्दा बित्तिकै यसको वजन बढि हुन्छ । त्यसैले कार्बन स्टील वा कार्बन फाइबरको प्रयोग गरी हलुका इन्जीन बनाउने प्रयास पनि भैरहेको छ ।

यो टेक्नोलोजीको अविष्कारक डा.भरत राज सिंह र प्रोफेसर ओमकार सिंहले एयर–ओ–बाइकको निर्माण सरकारी प्रतिष्ठानमा भएमा राम्रो हुने बताउदै आएका छन् । उनीहरुको अनुसार यसप्रकारको बाइकबाट बढ्दो प्रदूषणको समस्या नियन्त्रण गर्न सकिन्छ भने महङ्गो पेट्रोल प्रयोग गर्नुपर्ने बाध्यताबाट पनि मुक्ती मिल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us