दुर्घटनामा दुईजनाको मृत्यु, १ घाइते

काठमाण्डु टुडे २०७० पुष २५ गते २:४६ मा प्रकाशित

काठमाण्डु, २५ पुस–रौतहट र सर्लाहीमा विहीबार विहान भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहटको विरेन्द्र राजमार्गमा गौर तर्फ जाँदै गरेको ना ४ त ५६६७ नम्बरको ट्याक्टर बिहान सवा १ बजे अनियन्त्रीत भई पल्टिदा ट्याक्टर चालक हैदर मन्सुरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बिहान पौने ३ बजे सर्लाहीको हरिवनमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक बृद्धको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन फरार रहेकोले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले जनाएको छ ।

यसैगरी काठमाण्डुको सिंहदरवारमा मोटरसाईकल दुर्घटना हुँदा पछाडी सवार एकजना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा बाँके घर भई हाल कोटेश्वर बस्ने २३ बर्षीय आशिष हमाल रहेका छन् । हमाललाई उपचारकोलागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाईएको छ ।

गएराती ११ बजे बा २३ प ७१२६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई पल्टदा हमाल घाइते भएका हुन् । दुर्घटना भएको मोटरसाइकल र चालकलाई प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us