
काठमाण्डु, २५ पुस–नेकपा एमालेले समानुपातिक सभासदहरुलाई विहीबार सपथ गराउदै छ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो प्रमाणपत्र वितरण गरी सपथ गराइने एमालेले जनाएको छ ।
अध्यक्ष झलनाथ खनालले समानुपातिक तर्फका सभासदहरुलाई सपथ गराउने छन् । उनले पार्टीको घोषणापत्र अनुसार एक बर्षभित्र नयाँ संविधान जारी गर्ने गरी संविधानसभामा प्रभावकारी भुमिका खेल्न सभासदहरुलाई निर्देशन पनि दिने बताइएको छ ।
एमालेका समानुपातिक तर्फ ८४ सभासद छन् । उसले प्रत्यक्षतर्फ ९१ सिट जितेको थियो ।