अवैध बँदेलको मासुसहित दुईजना पक्राउ

काठमाण्डु टुडे २०७० पुष २४ गते १४:५७ मा प्रकाशित

मोरङ, २४ पुस– मोरङको उर्लावारी ५ स्थित राजमार्गमा चोरी गरी ल्याएको एकसय किलो बँदेलको मासुसहित दुईजनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोरङको पूर्व–पश्चिम राजमार्गमा को १ च ४२७९ नम्बरको भ्यानमा राखेर अवैधरुपमा चोरी सिकार गरी ल्याएको बँदेलको मासुसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति तथा भ्यानलाई इलाका वन कार्यालय बेलबारीमा वुझाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us