
राजविराज, २४ पुस– सप्तरीको डाढा गाविसमा भाइ र बुहारीको कुटाइबाट दाजुको मृत्यु भएको छ ।
डाढा गाविस–६ मा कुटपिटबाट स्थानीय ५६ वर्षीय ईश्वरीप्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवाद बढ्दै कुटपिट हुँदा साहको मृत्यु भएको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए ।
ईश्वरीका भाइ विन्देश्वर र उनकी पत्नी भुलाइदेवी साहले लट्ठीले कुटपिट गरेका हुन् । कुटाइबाट दाजुको मृत्यु भएपछि विन्देश्वर फरार छन् भने प्रहरीले भुलाईदेवीलाई पक्राउ गरेको छ । रासस