
काठमाण्डु, २४ पुस – राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्नुपर्ने माग गर्दै सर्वाेच्चमा परेको रिटको सुनुवाई पुस २९ गतेका लागि सरेको छ ।
न्यायाधीशद्वय प्रकाश वस्ती र सुशीला कार्कीको इजलासले मन्त्रिपरिषद अध्यक्षले बैठक आह्वान गर्नुपर्ने मागसहित परेको रिटसँगै २९ गते विशेष इजलासमा सुनुवाई गर्न आदेश दिएको हो ।
राष्ट्रपतिले बैठक बोलाउनुपर्ने माग गर्दै डेमोक्रेटिक लयर्स एसोसिएसनका सुवास आचार्यले दायर गरेको रिटमा लिखित जवाफ माग्दै सर्वाेच्चचले बुधबारका लागि सुनुवाईको समय तोकेको थियो ।
तर, मन्त्रिपरिषद् अध्यक्षले बैठक आह्वान गर्नुपर्ने माग गर्दै परेको अर्को रिट मंसिर २९ गते विशेष इजलासमा सुनुवाई गर्ने तय भएकाले दुबै रिटको सुनुवाईसंगै हुने भएको हो ।