गुण्डालाई राजनीतिक संरक्षण नभए भ्रष्टाचार अन्त्य हुन्छ : लोकमानसिंह कार्की

काठमाण्डु टुडे २०७० पुष २४ गते १०:२० मा प्रकाशित

Lok_Man-Singh-Karkiहेटौँडा, २४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताएका छन् ।

अख्तियारको मध्यामाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा उद्घाटन गर्र्दै कार्कीले स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा स्थानीय प्रशासन र प्रहरीले नियमित अनुगमन गर्नुपर्ने बताए ।

आठ जिल्लामा नाम मात्रका झोले विद्यालय सञ्चालन भइरहेको जनगुनासो बढेकाले आयोगले अनुसन्धान टोली खटाएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

प्रमुख आयुक्त कार्कीले निजी क्षेत्र र सरकारी क्षेत्रबाट सञ्चालित विभिन्न विकास आयोजनामा अनियमितता गरिएको पाइए त्यस्ता राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही गरिने चेतावनी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us