
काठमाण्डु, २४ पुस– समानुपातिक सभासद छनोटमा विवाद भएपछि एक अर्काप्रति खुला रुपमै असन्तुष्टी जनाउँदै आएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ विहीबार एउटै मञ्चमा देखिने भएका छन् ।
विहीबार हुने क्रान्तिकारी आन्दोलनका नेता जयगोविन्द शाहको स्मृति सभामा तीनै एकै मञ्चमा देखिन लागेका हुन् ।
मधेशका क्रान्तिकारी नेता शाहको स्मृति सभा कार्याक्रम एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा विहीबार दिउँसो १ बजे हुने एमाओवादी केन्द्रीय कार्यालयका सचिव प्रल्हाद बुढाथोकीले जानकारी दिए ।
मधेशका पुराना क्रान्तिकारी नेता शाहको स्मृति दिवस हरेक वर्ष पुस २५ गते मनाउने गरिन्छ ।