पोल्न लगेको लाश घाटबाट अस्पतालतिर

काठमाण्डु टुडे २०७० पुष २४ गते ९:४२ मा प्रकाशित

ताप्लेजुङ, २४ पुस – सोमबार राति मृत्यु भएकि ताप्लेजुङकी मेनुका श्रेष्ठका माइती पक्षले हत्याको आशंका गरेपछि जलाउन घाटमा पुर्यासइएको उनको शव अस्पताल पठाइएको छ ।

माइती पक्षले हत्याको आशंका गरेपछि ताप्लेजुङमा नाङखोल्याङ गाविस म्याखाकी एक महिलाको शव दाहसंस्कार गर्न घाटमा पुर्या इए पनि फर्काइएको हो ।

मेनुकाको शव दाहसंस्कारका लागि तमोर/कावेली दोभानमा पुर्या एर पनि फर्काइएको हो । माईती पक्षले मेनुकाको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएपछि दाहासंकार स्थलबाट फर्काइएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कृष्णदेव चौधरीले मेनुकाको शव बुधबार पोष्टमार्टम गरिने र त्यसका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us