आफ्नै छोरी बलात्कार गरेपछि…

काठमाण्डु टुडे २०७० पुष २४ गते १२:३५ मा प्रकाशित

Rapeबुटवल, २४ पुस – आफ्नै १२ वर्षकी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा रुपन्देहीको सिद्धार्थ नगरमा प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुष १३ गते रातीदेखि १८ गतेसम्म पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको उजुरीपछि प्रहरीले सिद्धार्थनगर ७ बाट उनलाई पक्रेको हो ।

छोरीलाई बाबुले बलात्कार गरेको उजुरी आमाले हालेकि थिइन् ।

बालिकाको बाबुको नाम सार्वजनिक गर्दा बालिकालाई न थप असर गर्ने भन्दै प्रहरीले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us