
काठमाण्डु, २२ पुस– प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई हरेक तीन महिनामा एक पटक नागरिकहरुको गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सबै जिल्ला प्रहरी कार्यालयलाई प्रत्येक तीन महिनामा नागरिक सुनुवाई गर्न निर्देशन दिएका हुन् ।
महानिरीक्षकको कार्यभार सम्हालेपछि पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले प्रहरीलाई जवाफदेही बनाउन त्यस्तो व्यवस्था गर्न लागिएको बताए ।
नागरिक सुनुवाई गर्दा सर्वसाधारण र सरोकारवालाको गुनासो जान्न र प्रहरी संगठनलाई सुधार गर्न सजिलो हुने विश्वास उनको छ ।
यस्तै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि महिनामा एकपटक विकट गाउँमा रहेका तल्ला युनिटहरुमा जाने र एक रात सिपाहीहरुसँगै बिताउने घोषणा पनि गरे ।