
काठमाण्डु, २२ पुस – सभासद चयनप्रति असन्तुष्ट राप्रपा नेपालका केही नेताहरुले संविधानसभा अदालतमा उजुरी गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीमा अध्यक्षबाट निर्वाचन आयोगलाई उलब्ध गराइएको नामावलीप्रति असन्तुष्टि जनाउँदै उनीहरु अदालत गएका हुन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शास्त्रदत्त पन्त, गणेश शेरचन, इन्द्र आचार्यलगायत नौ सदस्यले केन्द्रीय सदस्यलार्ई सूचनासमेत नगरी पार्टी अध्यक्षलगायत केही पदाधिकारीले आफूअनुकूलका व्यक्तिलाई बोलाएर समानुपातिक सदस्य छनोट गरी पठाएकाले बदर गर्न माग गरेका छन् ।
उजुरीमा पार्टी अध्यक्ष कमल थापा, निर्वाचन आयोग र समानुपातिक निर्वाचन अधिकृतसमेतलाई विपक्षी बनाइएको छ ।