
काठमाण्डु, २२ पुस – व्यवसायी अफताब आलम अन्सारीको हत्यामा संलग्नलाई ज्यानको बाजी राखेर पक्रन सफल दुई प्रहरी एक तह बढुवा भएका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी जवान शेख अबजानलाई एकतह बढुवा गरी दज्र्यायनी चिन्ह लगाइएका छन् ।
ठाकुर सईको र जवान शेखलाई हवल्दारमा बढुवा भएका हुन् ।
गोली लागेर घाइते भएको अवस्थामा पनि उनीहरुले भारतीय अपराधी विपीन यादव र रवि पाण्डेलाई पक्राउ गरेका थिए ।
यसैबीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तस्करी, गुण्डागर्दी र संगठित अपराध नियन्त्रण गर्न कठोर नीति अवलम्बन गरिने बताएका छन् ।
सोमबार पत्रकारसम्मेलनमार्फत आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले अपराध नियन्त्रणमा कठोर हुने संकेत गरेका हुन् ।
भनसुन र प्रभावका आधारमा मात्रै प्रहरीले काम गर्छ भन्ने आमधारणा परिवर्तन गर्नु आफ्नो प्राथमिकता भएको उनको भनाई छ ।
साथै उनले प्रहरीमा सामूहिक निर्णय पद्धतिको विकास गर्नेसमेत दावी गरेका छन् ।