
भद्रपुर, २२ पुस – ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएर झापामा सोमबार मध्याह्न दुई जनाको मृत्यु भएको छ ।
झापाको अनारमणि–४ बस्ने वर्ष २५ का अमन अग्रवाल र भद्रपुर–६ बस्ने वर्ष ३६ का समरजित साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
प्राप्त जानकारीअनुसार, पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाखण्डको सतासीधाम–८ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ८९७४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको स ३ प ३१५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।
ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।