चिसाले जनजीवन थप कष्टकर

काठमाण्डु टुडे २०७० पुष २२ गते ९:२५ मा प्रकाशित

Chisoलहान, २२ पुस – पछिल्लो दुई सातायता तराईमा चलेको शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सिरहाको जनजीवन कष्टकर बन्दै गएको छ ।

शीतलहरसँगै माथिबाट खस्ने तुषारो र पश्चिमी हावाले अत्यधिक चिसो बढाएपछि सर्वसाधारण कठ्याङ्ग्रिएर घरबाट बाहिर निस्कन सकेका छैनन् । शीतलहरले ग्रामीण क्षेत्रमा बसोवास गर्ने दलित, गरिब, विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन् ।

न्यानो कपडाको अभावमा चिसोबाट जोगिन उनीहरु धुर, आगो तापेर बस्ने गरेका छन् ।

चिसो बढेपछि लहानस्थित रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पतालमा अपच, निमोनिया, दम, खोकीलगायतका बिरामी बढेको अस्पतालका चिकित्सक मिश्रीलाल साहले बताए ।

जाडोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घट्नाका साथै सरकारी कार्यालय खुले पनि सेवाग्राहीको चाप घटेको छ । विद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या पनि पातलिँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us