रेग्मीद्वारा क्यान इन्फोटेकको अवलोकन

काठमाण्डु टुडे २०७० पुष २२ गते ८:११ मा प्रकाशित

Khilraj-Regmi-CANकाठमाण्डु – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी ‘क्यान इन्फोटेक २०१४’ को अवलोकन गरेका छन् ।

मेला अवलोकनपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष रेग्मीले यस्ता मेलाले सूचना तथा प्रविधिप्रति जिज्ञासा राख्नेहरुका लागि अध्ययन गर्ने विद्यालय जस्तै भएको प्रतिक्रिया दिए । मुलुकमा सूचना तथा प्रविधिको थप विकास गर्न सरकारले उचित ध्यान दिएको उनको भनाई छ ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित सो प्रदर्शनी मंगलबारसम्म जारी रहने छ । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विकास भएका पछिल्ला नवीनतम प्रविधिलाई सो  प्रदर्शनीमा राखिएको छ ।

पुस १८ गतेदेखि सुरु सो प्रदर्शनीको दुई लाख ५० हजार मानिसले अवलोकन गरिसकेका क्यानले जानकारी दिएको छ । बीसौं संस्करणको यस प्रदर्शनीमा ११९ कम्पनीको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us