वृद्धवृद्धाले औषधिसमेत पाएनन्

काठमाण्डु टुडे २०७० पुष २२ गते ७:२९ मा प्रकाशित

नेपालगन्ज, २२ पुस – नेपालगन्ज–१३ स्थित भेरी वृद्धाश्रम संस्थाका पदाधिकारीको गैरजिम्मेवारीपनका कारण त्यहाँ आश्रित वृद्धवृद्धाले औषधोपचारसमेत पाएका छैनन् ।

एक महिलादेखि ढाड दुख्ने पीडाले छट्पटाइरहेका ६० वर्षीय वृद्ध चौगे रैदासको उपचार गराउनेतर्पm संस्थाका पदाधिकारी आँखा चिम्मेर बसेका छन् ।
मानवअधिकारकर्मी तथा पत्रकारद्वारा गरिएको अनुगमन, रिर्पोटिङका क्रममा त्यहाँ आश्रय लिइरहेका वृद्धवृद्धाको कोठाको फोहरमैला समेत सफा नगरेको, समयमा खान नदिएको, उनीहरुको सुरक्षामा पर्याप्त ध्यान नपु¥याएको अवस्था देखिएको छ ।
आश्रित वृद्धवृद्धाको सुरक्षामा पर्याप्त ध्यान नदिँदा तथा उनीहरुलाई मानवीय व्यवहार नगर्दा पटकपटक वृद्धवृद्धा आश्रम छाडेर जान विवश छन् ।

आश्रमको यस्तो गैरजिम्मेवारीका कारण पछिल्लोपटक दुईजना वृद्धा आश्रमबाट हिँडेका थिए ।

पछि उनीहरुलाई प्रहरीले पुनः आश्रम पु¥याएको थियो । सो आश्रमको स्थलगत अनुगमन गरेको तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स) ले अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा आश्रमको समुचित व्यवस्थापन सुधारका लागि पहल गर्न आग्रहसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us