फेरिने भो नेपालगन्जको मुहार

काठमाण्डु टुडे २०७० पुष २२ गते ५:३१ मा प्रकाशित

बाँके, २२ पुस–एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा नेपालगन्ज नगरपालिकामा सडक, ढल निकास, फोहोरमैला व्यवस्थापन र भौतिक पूर्वाधार निर्माण योजना दु्रतगतिमा सुरु गरिएको छ ।

योजना अन्तर्गत बाँके जिल्लाको हिरमिनिया गाविसमा १३ बिगाह जग्गा डम्पिङ्ग साइटका लागि खरीद गरिसकिएको छ भने नगर क्षेत्रको १० किलोमिटर दूरीसम्म सडक विस्तार गर्ने नगर प्रमुख लोकबहादुर सुनारले बताए । साथै नगरपालिकाको सुर्खेत सडकको हालको दुई लेन सडकलाई चार लेन बनाउने कार्य धमाधम भइरहेको छ । विद्युत् प्राधिकरणले सडक छेउमा रहेको विद्युत्को पोल सार्ने प्रक्रियासमेत सुरु गरेको छ ।

सन् २०१७ सम्म सम्पन्न गरिने सो योजनाका लागि एडिबीले एक अर्ब ११ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ भने नगरपालिका कार्यालयले ३९ करोड रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us