
काठमाण्डु, २१ पुस – भारतको गोवा शहरमा शनिबार घर भत्कदा ज्यान गुमाउने मध्ये पाँच जना नेपाली रहेको पुष्टि भएको छ ।
उनीहरु सबै दाङका हुन् । गोवाको कानाकोना जिल्लामा शनिबार बेलुकी निर्माणाधीन भवन भत्किँदा गोलटाकुरी ६ का सीताराम बिक, दिपेश बिक, वडा नं ७ का दिवाकर ओली र ताराबहादुर खड्का तथा फूलवारी ३ का डम्बर नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
चौकीदारीको काम गर्ने उनीहरु भवन भत्किँदा पुरिएका दाङ प्रहरीले जनाएको छ । उनीहरुको शव गोवाकै एक अस्पतालमा राखिएको छ ।