
काठमाण्डु, २१ पुस– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको प्रस्ताव ल्याउन कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् ।
नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका कोइरालालाई उनले यस्तो आग्रह गरेका हुन् ।
जवाफमा कोइरालाले सरकार र संविधान निर्माणको प्रक्रियामा सबै दल सहभागि बन्ने वातावरण बनाउने बताएका थिए ।
कोइरालाले एक्लै वा कुनै दललाई बाहिर राखेर अघि बढ्ने पक्षमा काँग्रेस नरहेको भन्दै छलफलका लागि आफू सधैं तयार रहेको बताएका थिए ।