एमाओवादी प्रतिपक्षमा बस्छ : बोगटी

काठमाण्डु टुडे २०७० पुष २० गते १०:५२ मा प्रकाशित

Post bogatiकाठमाण्डु, २० पुस – एमाओवादीका नेता पोष्टबहादुर बोगटीले एमाओवादी सरकारमा नगई सशक्त रुपमा प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् ।

एमाओवादीलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले सरकारमा सहभागि नहुने बोगटीले बताए । एक वर्षभित्र संविधान निमार्ण गर्ने गरी सबैलाई मिलाएर अब बन्ने सरकारमा आफूहरु नजाने धारणा राखेका छन् ।

एमाओवादीले प्रतिपक्षमा बसेर संविधान निर्माणको काममा सहयोग गर्ने निर्णय गरेको भन्दै उनले एमाओवादी संविधानको विपक्षमा नभएको बताए । रफत सञ्चार क्लब भक्तपुरद्धारा शनिबार आयोजित अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले दलहरुकै कारण राजनीतिक संक्रमणकाल अहिलेपनि कायमै रहेको औंल्याएकाछन् ।

संविधान निर्माणका लागि राजनीतिक दलहरुबीच सहमति हुन जरुरी रहेको उनको भनाइ छ । एमाओवादी सरकार गठन र संविधान निर्माणमा लागिपरेको उनले जानकारी दिएका छन् । उच्चस्तरीय राजनीतिक सहमति र निर्णय बमोजिम नै संविधान सभाको पहिलो बैठक आव्हान गर्नुपर्नेमा उनले जोड दिए ।

समानुपातिक छनोटले जनताको चाहानालाई समेट्न नसकेको बताए । समानुपातिको विवादकै कारण पार्टी फुट नहुने उनको भनाई छ । समानुपातिक उम्मेद्वार छनौट प्रक्रियामा पार्टी अध्यक्ष लगायत शिर्ष नेताहरुको तर्फबाट एकलौटी नभएको दाबी गर्दै उनले मिडियामा आएका कुराहरु गलत भएको प्रष्ट पारेका छन ।

सत्ता र विचारको लडार्इँमा तत्कालिन माओवादीलाई सहयोग गरेको कारण नै रविन्द्रप्रताप शाहलाई अहिले एमाओवादीले सभासद बनाएको भन्दै एमाओवादीमा खरिदविक्रिको कारोबार नभएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us