४३ किलो गाँजा बरामद

काठमाण्डु टुडे २०७० पुष २० गते १०:१९ मा प्रकाशित

gajaजनकपुरधाम, २० पुस– राजस्व भन्सार गस्ती सुरक्षा गुल्म जलेश्वरले शुक्रबार राति ४३ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक गगन श्रेष्ठको नेतृत्वमा गएको गस्ती टोलीले महोत्तरी जिल्लाको नैनी गाविस ७ बाट उक्त गाँजा बरामद गरेको हो ।

चारजना तस्करले चारवटा पोका बनाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि तस्करहरु गाँजा छाडी भागेका थिए ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको पाँचसय मिटर नेपालतर्फ फेला परेको गाँजा जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । भारतीय बजारमा उक्त गाँजाको मूल्य करिब दुई लाख ५० हजार रहेको अनुमान गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us