‘शिक्षा क्षेत्रलाई राजनीति मुक्त राख्छौं’

काठमाण्डु टुडे २०७० पुष २० गते ९:०६ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २० पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

कपनमा भएको कार्यक्रममा नेपालले विद्यालयलाई शान्ति र राजनीतिरहित क्षेत्रमा रुपान्तरण गर्न अन्य दलका नेताहरूसँग परामर्श गर्ने बताए ।

शैक्षिक प्रतिष्ठानलाई राजनीतिबाट मुक्त पार्न सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

उनले अब बन्ने संविधानसभाले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us