
पोखरा, २० पुस – गीतकार विनोद गौचनको ५८ वर्षको उमेरमा निधन भएको छ। छाति र पिशाब सम्बन्धी समस्याबाट पीडित उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार बिहान निधन भएको हो।
गौचनको शव पोखराको शिवालयचोकस्थित घरमा राखिएको छ। शनिबार घरमा राखेर आइतबार मात्रै अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।
कास्कीको लुम्लेलाइ कविता गाउँ घोषणा गर्न मुख्य योगदान दिएका गौचनले ‘जति माया लाएपपनि, जति कसम खाएपनि, तगारोमा रुमाल राखि बाटो छेक्यौ तिमीले जस्ता चर्चित गीत’को रचना गरेका छन् ।