
वीरगन्ज, २० पुस – प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एकजना भारतीयलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी मुरत शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सीमावर्ती भारतीय सहर रक्सौलबाट ता“गामा चढेर वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा नियमित चेकजा“चका क्रममा उनलाई ३५० ग्राम खैरो हेरोइनसहित वीरगन्ज उपमहानगरपालिका– १९ इनर्वाबाट पक्राउ गरिएको हो ।