मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २० गते ५:३० मा प्रकाशित

चितवन, २० पुस – पश्चिम चितवनको जगतपुरमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

जगतपुरको बसपार्क नजिकै ग्रामीण सडकमा विपरीत दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।

ना १५ प ५८४९ र ना ९ प ६७५ नम्बरको मोटरसाइकल एक्कासि ठक्कर खाँदा गम्भीर घाइते भएका ६७५ नम्बरको मोटरसाइकलका चालक अन्दाजी ५० वर्षीय वीरमान श्रेष्ठको उपचारका क्रममा मध्यराति ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक २१ वर्षीय रवीन गुरुङको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us