
काठमाण्डु, २० पुस – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईबीच शनिबार बिहान छलफल भएको छ ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा समानुपातिक सभासद चयनपछि देखिएको अशन्तुष्टिको सम्बोधन र विवाद समाधानका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
पार्टी अध्यक्षले एकलौटीरुपमा सभासद चयन गरेको भन्दै अशन्तुष्ट बनेका नेता भट्टराई प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका हुन् ।
भेटमा पार्टीमा पछिल्लाे समय देखिएकाे समस्याकाे समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बुझिएकाे छ ।
सो अवसरमा अध्यक्ष प्रचण्डले अशन्तुष्टिहरुलाई बाहिर लैजानुभन्दा पार्टीको आन्तरिक फोरमबाटै समाधान खोज्नु पर्नेमा जोड दिएको बुझिएको छ । जवाफमा भट्टराईले पार्टीका अन्य नेताहरुको कुरा नसुनी अगाडि बढ्दा समस्या हुन सक्ने बताएका थिए ।