
काठमाण्डु, १९ पुस – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले स्वाभाविक रुपमा राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्ने प्रचलन भए पनि बैठक कसले बोलाउने भन्नेमा अहिले राजनीति अल्झनमा परेको बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले अघिल्लो संविधानसभाको बैठक कार्यवाहक राष्ट्राध्यक्षको हैसितयले गिरिजाप्रसाद कोइरालाले बोलाएको स्मरण गराउँदै संविधानसभाको बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने विषय उच्चस्तरीय राजनीतिक समितिमार्फत टुङ्गो लगाउनु पर्ने बताए ।
प्रक्रिया पु¥याएर संविधानसभाको बैठक छिटो बोलाउनु पर्ने उनको भनाई छ ।
साथै कोइरालाले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकलाई समृद्धितर्फ कसरी अघि बढाउने भन्ने विषय अहिलेको मुख्य चुनौति भएकोमा जोड दिए ।