
काठमाण्डु, १८ पुस–सूचना प्रविधि सम्वन्धि मेला सुबिसु क्यान इन्फोटेक विहीबारबाट काठमाण्डुमा शुरु भएको छ । उपराष्ट्रपति परमानन्द झाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेलाको उदघाटन गरेका छन् ।
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले मेला आयोजना गरेको हो । मोबाइल टेक्नोलोजि फस्ट मार्ट सोसाइटी नारा दिइएको मेलामा एक सय भन्दा बढि स्टल राखिएका छन् । मोबाइल, ल्यापटप लगायत सन्चारका क्षेत्रमा पछिल्लो समय भित्रिएका प्रविधिबारे मेलामा जानकारी लिन सकिने छ । आउँदो २३ गतेसम्म चल्ने मेलामा खरिद बिक्री समेत हुनेछ ।
मेलामा प्रवेशको लागि सर्वसाधारणको लागि एक सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट दर तोकिएको छ ।