
काठमाण्डु, १७ पुस– बैंक तथा वित्तिय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार साढे १९ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दै छ । बजारमा अधिक तरलता भएपछि चालु आर्थिक बर्षमा मात्रै केन्द्रीय बैंकले यसअघि पाँचपटकसम्म रिभर्स रिपो जारी गरिसकेको छ ।
बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा तरलता बढ्दै जान्छ । यस्तो अवस्थामा निक्षेप र लगानी सन्तुलनमा राख्न रिभर्स रिपो जारी गरिन्छ ।