राष्ट्रिय पोल्ट्री दिवस पहिलोपटक मनाइदै

काठमाण्डु टुडे २०७० पुष १७ गते ३:०४ मा प्रकाशित

चितवन, १७ पुस–कुखुरा पालन ब्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले बुधबार पहिलोपटक राष्ट्रिय पोल्ट्री दिवस मनाउँदैछन् । पोल्ट्री ब्यवसाय महासंघको आयोजनामा नेपालमै पहिलो पटक दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा पोल्ट्री व्यवसायको राजधानी मानिने चितवनमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा देशभरका पोल्ट्री ब्यवसायसंग सम्बद्ध दुई हजार भन्दा बढिको सहभागिता रहने महासंघका अध्यक्ष गुणचन्द विष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार दिवसको अवसरमा पोल्ट्री व्यवसायको वर्तमान अवस्था र विकासको लागि आगामि योजनाका बारेमा प्रस्तुत हुने कार्यपत्रमाथि छलफल हुनेछ ।

पोल्ट्री क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिशत योगदान रहेको र ६५ हजारले रोजगारी पाएको महासंघको दावी छ । त्यसैगरी हाल पोल्ट्री ब्यवसायमा ६० अर्ब लगानि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us