
काठमाण्डु, १६ पुस– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मोन्सान्टो बीउ भित्र्याउन दिन नहुने बताएको छ ।
महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विवादित बहुराष्ट्रिय कम्पनीको मोन्सान्टो बीउ कुनै पनि हालतमा भित्र्याउन दिन नहुने भन्दै बीउ कुनै प्रमाणीकरण नगरी ल्याइएकोप्रति आफ्नो सङ्गठनको विरोध रहेको बताए ।
उनले उहाँले यसबारे सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ती बीउ एक पटक खरिद गरेपछि पटक पटक खरिद गर्नुपर्ने, आफैं बीउ उत्पादन गर्न नपाइने, सो बिउ प्रयोग गर्नाले हाम्रा उच्च उत्पादन र विशिष्ट गुणयुक्त स्थानीय, रैथाने तथा उन्नत बीउ विस्थापन हुँदै क्रमशः लोप हुने भएकाले खरिद, बिक्री र प्रयोग नगर्न नेपाली किसान र कृषि व्यवसायीलाई अपिल गर्दछौं ।’ रासस