३ करोडमा सिचाइँ आयोजना

काठमाण्डु टुडे २०७० पुष १६ गते ५:४६ मा प्रकाशित

नेपालगन्ज, १६ पुस–बाँके जिल्लाको बागेश्वरी गाविसस्थित धौलागिरिमा करिब तीन करोड रुपैयाँ लगानीमा धौलागिरि लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रका आधा दर्जन गाविसका खेतमा सिँचाइ सुविधा पुर्याउन सो आयोजना सञ्चालनमा ल्याइएको हो । त्यस क्षेत्रको धौलागिरि, सी गाउँ, इन्द्रपुर, बेलभार लगायतका गाउँका २०० हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

सिँचाइ डिभिजन कार्यालय नेपालगन्जका अनुसार, कूल दुई करोड ९९ लाख रुपैयाँको लागतमा सो सिँचाइ परियोजना निर्माण भएको हो । कूल लागतमध्ये ३५ लाख रुपैयाँ उपभोक्ता समितिमार्पmत खर्च गरिएको छ ।

आर्थिक वर्ष २०६६÷६७ बाट निर्माण सुरु गरिएको सो आयोजना सञ्चालनपछि त्यस क्षेत्रका कृषकको आर्थिक अवस्थामा सहायक हुने विश्वास गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us